+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

ओस्कारको नियम अझै कसिलो, शीर्ष विधामा भाग लिने फिल्म एक साता बढी हलमा चलेको हुनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते ११:४७
ओस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड ग्रहणपछि मिसेल योह । फाइल तस्वीर

काठमाडौं । ओस्कार अवार्डले सर्वश्रेष्ठ फिल्म विधाका लागि प्रतिस्पर्धाको मापदण्डलाई थप कसिलो बनाएको छ । सन् २०२५ देखि लागू गरिने जनाइएको नयाँ नियमअनुसार उक्त विधामा प्रतिस्पर्धा गर्न चाहने फिल्म दुई साता हलमा प्रदर्शन भएको हुनुपर्छ । अहिलेको नियमानुसार हलमा एक साता चलेको भए हुनुपर्नेछ ।

एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड्स साइन्सेजले महामारीका कारण समायोजन गरिएको रिलिज मापदण्डमा केही हेरफेर गर्दै गत साता यस्तो नियम ल्याएको हो । यसबाहेक अमेरिकी सहरहरु न्युयोर्क, लस एन्जलस, शिकागो, एटलान्टा, सान फ्रान्सिस्को वा मियामीसहित अमेरिकाका ठूला ५० बजारमा उत्कृष्ट फिल्मका दाबेदार थप एक साता प्रदर्शन भएको हुनुपर्नेछ ।

यसबाहेक फिल्म हलमा चल्नुपर्छ भन्ने नियममा थप केही नयाँ नियम पनि ल्याइएका छन् । ‘हल प्रदर्शनको यो विस्तारित समयले विश्वभर फिल्मको दृश्यतालाई मात्र बढाउने छैन, साथै दर्शकलाई नाटकीय परिवेशमा हाम्रो कलाको अनुभव गर्न प्रोत्साहित गर्नेछ भन्ने हाम्रो आशा छ,’ एकेडेमीका सीईओ बिल क्रेमर र एकेडेमी अध्यक्ष जेनेट याङले एक विज्ञप्तिमा भने ।

ओस्कारको यो नियमले महामारीको असरबाट अझै मुक्त हुन संघर्ष गरिरहेका हललाई फाइदा हुने विश्वास गरिएको छ । हलमा रिलिज नभईकन ओटीटी प्लेटफर्ममा स्ट्रिमिङ भएर अवार्डमा प्रतिस्पर्धा गर्ने फिल्मले हलको पहुँच पाउने आशा पनि ओस्कारले राखेको छ ।

फिल्म एकेडेमीका अगुवाले पनि यो निर्णय फिल्म उद्योगका साझेदारसँग छलफलपछि मात्र ल्याइएको छ । यो निर्णयले फिल्मका कलाकार र फिल्मप्रेमीलाई समान रुपमा फाइदा पुग्ने आशा ओस्कारले लिएको छ । तर यो निर्णयले कसलाई फाइदा पुग्छ भनेर अन्य कोणबाट आलोचना भने भइरहेको छ ।

ओस्कार अवार्डको यो निर्णयलाई अमेरिकी हलहरुको छाता संस्थाका अध्यक्ष तथा सीईओ माइकल ओलेरीले ‘महत्वपूर्ण पहल’ भन्दै प्रशंसा गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले यो पहलले प्रदर्शन पक्ष फिल्मको महत्वपूर्ण कोसेढुंगा हो भन्ने पुष्टि गर्छ भनेर उल्लेख गरेका छन् । यो निर्णयले हलिउडका ठूला स्टुडियोहरु वार्नर ब्रदर्स, युनिभर्सल र डिज्नीजस्ता ठूला स्टुडियोलाई कम असर गर्न सक्ने जनाइएको छ ।

नेपालबाट समेत ओस्कारमा सिफारिस हुने फिल्मले अब एक साताभन्दा बढी समय हलमा चलेको प्रमाणपत्र पेश गर्नुपर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?