१० असार, गुल्मी । गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–८ फल्लेनीकी ४० वर्षकी बिष्णु बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीनकिशोर प्रधानले बताए ।
शनिबार राति २ बजे घरको आगनमा निस्केको बेलामा चट्याङ लागेर उनी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक प्रधानले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4