
११ असार, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ सालको लागि ४४ करोड बढीको बजेट ल्याएको छ ।
गाउँपालिकाले आइतबार प्रस्तुत गरेको बजेट ४४ करोड ५४ लाख ३४ हजार २ सय रूपैयाँ रहेको छ । जस अनुसार चालुतर्फ ३३ करोड ६५ लाख ९६ हजार ७ सय रूपैयाँ रहेको छ । पुँजीगत खर्च १०करोड ८८ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको छ ।
तेह्रौ गाउँसभामा पालिकाका उपाध्यक्ष तारा थापाले बजेट प्रस्तुत गरेकी हुन् । पालिकाको आन्तरिक आय भने ५५ लाख रहेको छ ।
बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधारको क्षेत्र मुख्य प्राथमिकतामा छन् । पालिकाले बजेट माथि छलफल असार १३ गते गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4