+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रेड चिल्लीजको आगामी फिल्ममा छोरी सुहानासँग पहिलो सहकार्य गर्दै शाहरुख

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १४:५०

काठमाडौं । ‘पठान’ ब्लकबस्टर बनेपछि बलिउड अभिनेता शाहरुख खानलाई लिएर ठूलो आशा छ । उनका आगामी दुई फिल्म ‘जवान’ र ‘डंकी’ प्रतीक्षित छन् । किङ खानले ‘जवान’को छायांकन सकेका छन् भने ‘डंकी’को सुटिङ दुई साताभित्र सकिने जनाइएको छ ।

यो मेसोमा भारतको सबैभन्दा ठूलो एक्सन फिल्म भनिएको ‘टाइगर भर्सेस पठान’पछि शाहरुखले के गर्छन् भन्नेतिर सबैको ध्यान सोझिएको छ । पिंकभिल्लाका अनुसार सन् २०२३ को अन्त्यदेखि शाहरुख र सिद्धार्थ आनन्दले नयाँ फिल्मका लागि सहकार्य गर्दैछन् । तर यसपटक शाहरुखको सहकार्य निर्माताको रुपमा हुनेछ ।

‘शाहरुख र सिद्धार्थले पठानमा अभिनेता र निर्देशकको हैसियतमा सँगै काम गरेका छन् । अब यो जोडी नयाँ फिल्ममा एकसाथ काम गर्न तयार छ । अहिलेसम्म शीर्षक तय नभइसकेको यो फिल्ममा रेड चिल्लीज इन्टरटेनमेन्ट र मार्फलिक्स पिक्चर्सको सहनिर्माण हुनेछ । प्रि–प्रोडक्सन कार्य सुरु भइसकेको छ । सबै जना फिल्मलाई छायांकनमा लैजान उत्साहित छन्,’ फिल्मको विकासबारे स्रोतलाई उध्दृत गर्दै पिंकभिल्ला लेख्छ । यो फिल्मका निर्देशकको नाम गोप्य राखिएको छ ।

यो फिल्मलाई लिएर अर्को रोचक कुरा के छ भने यो फिल्मबाट शाहरुखपुत्री सुहानाले ‘थिएट्रिकल डेब्यु’ गर्दैछिन् । उनले हालै जोया अख्तर ओटीटी सिरिज ‘आर्चिज’मार्फत अभिनयमा डेब्यु गरेकी थिइन् । ‘अहिलेलाई कास्टिङबारेका सबै विषयलाई गोप्य राखिएको छ । शाहरुख र सुहाना दुवै व्यावसायिक क्षमतामा सहकार्य गर्न उत्साहित छन्,’ स्रोतले भन्यो, ‘फिल्ममा शाहरुखको पात्रको सही आयाम अझै थाहा छैन तर भित्री स्रोतका अनुसार उनलाई डियर जिन्दगी फिल्ममा जस्तै चरित्रमा देख्न सकिन्छ ।’

यो फिल्मलाई शाहरुखकै कम्पनी रेड चिल्लीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ । यो कम्पनीको निर्माणमा यतिबेला जवान र डंकी पनि निर्माणाधीन छन् । मार्फलिक्स फिल्म चाहिं ‘फाइटर’ र टाइगर श्राफलाई लिएर ‘र्‍याम्बो’ निर्माणको तयारीमा छ । सुहानाबाहेक फिल्ममा बोर्डमा अन्य ठूला कलाकार हुनेछन् र कास्टिङ भइरहेको जनाइएको छ । शाहरुख र सिद्धार्थको कुरा गर्दा यी दुवै जना सन् २०२४ मा छायांकनको तयारीमा रहेको फिल्म ‘टाइगर भर्सेस पठान’मा सहकार्य गर्न तयार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?