+
+

कोशी प्रदेशसभा बैठक १४ असारमा बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १६:१५

११ असार, विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ असारमा बोलाइएको छ ।

प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले १४ असारमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको जानकारी दिएको छ । १४ असारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार छाडेपछि एमाले नेता कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । अर्थमन्त्रीसमेत रहेका कार्कीले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?