+
+

न्यायाधीश नियुक्तिको निर्णय नगरी सकियो न्यायपरिषद् बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १८:००

११ असार, काठमाडौं । न्यायाधीश नियुक्तिका लागि बसेको न्यायपरिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ ।

सोमबार बोलाइएको परिषद्को बैठकमा न्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय नभएको परिषद्का सहसचिव मानबहादुर कार्कीले बताए । अब अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्यकालमा सर्वोच्चदेखि उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिस गर्न खोजेका छन् । उनले सुरुमा उच्च अदालत र त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी भएको बताएका थिए ।

सोमबार छलफल भएपछि कसरी, के आधारमा र कस्ता व्यक्ति सिफारिस गर्ने भन्नेबारे छलफल भए पनि निर्णय नभएको परिषदाक एक सदस्यले बताए । अहिले सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्य न्यायाधीश र ४१ न्यायाधीश पद रिक्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?