+
+

बजेटको पक्षमा मतदान गर्न सांसदलाई माओवादीको ह्वीप

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १६:२३
हितराज पाण्डे ।

१२ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट निणायार्थ भोलि बुधबार प्रतिनिधि सभामा प्रस्तुत गर्न लागिएको छ ।

मुख्य सचेतक हितराज पाण्डले बजेट पारित गर्नका लागि संसदमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।

पाण्डले निकालेको सूचनामा लेखिएको छ, ‘असार १३ गतेको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट)को पक्षमा मतदान गर्नको लागि हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन अनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा बजेट पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?