१२ असार, काठमाडौं । टुसाल मल्टी भेन्यूले आयोजना गर्ने विद्यालयस्तरीय पौडी प्रतियोगिताको दोस्रो संस्करण शुक्रबार हुने भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका ८ स्थित पोखरीमा प्रतियोगिताका खेलहरु सन्चालन हुने आयोजक टुसालका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
शर्ट कोर्षमा हुने प्रतियोगितामा फ्रिस्टाइलको एक विधा मात्र समावेश गरिएको छ ।
प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गर्ल्स र सिनियर ब्वाइज र सिनियर गर्ल्स गरी ४ वटा स्पर्धा हुनेछ ।
प्रतियोगितामा १०० खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ । हालसम्म २१ विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेका छन् ।
प्रतिक्रिया 4