
१२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशनमा आएका सुझावहरुलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ ।
तीन दिनसम्म चलेको अधिवेशनमा धेरैले पार्टीमा ७० वर्ष उमेर हद नराख्न सुझाव दिएका थिए । संघीय परिषदबारे पनि प्रश्न उठेको एक नेताले जानकारी दिए ।
आएका सुझावहरुलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न ६ सदस्यीय विधान मस्यौदा प्रमाणीकरण समिति बनेको छ, जसमा अध्यक्ष उपेन्द्र यादव, नेताहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेद्र झा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4