+
+

लुम्बिनीमा आजदेखि बजेटमाथि छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते ९:२८

१३ असार, दाङ । लुम्बिनीमा सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमाथि आज बुधबारदेखि संसदमा छलफल हुने भएको छ।

बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आज बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेकाे छ।

यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो । तर बजेटमाथि सत्तापक्षीय सांसदहरूले असन्तुष्टि जनाएपछि बैठक स्थिगित गरिएको थियो ।

उनीहरुले मुख्यमन्त्री डिल्ली चौधरी र अर्थमन्त्री धनबहादुर मास्कीले आफू केन्द्रित बजेट ल्याएको भन्दै विरोध गर्दै बजेट सच्चाएर ल्याउन माग गरेका थिए ।

लुम्बिनीमा प्रदेश सरकारले असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?