+
+

कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १२:३४
फाइल तस्वीर : कोशीमा सरकार र आन्दोलनरत पक्षबीच भएको पहिलो चरणको वार्ता ।

१३ असार, विराटनगर । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो ।

प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने बताएको हो ।

आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै वार्ताको वातावरण नभएको बताएको छ ।

कोशी प्रदेश सरकारका वार्ता टोली संयोजक तथा खानेपानी सिँचाई तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ताका लागि संघर्ष समितिका नेताहरुको समय नमिलेपछि स्थगित गरिएको बताए ।

प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टी र संघर्ष समितिलाई एकै समयमा वार्तामा बोलाएको पनि उनले बताए । उनले फेरि सल्लाह गरेर वार्तामा बोलाइने पनि बताए ।

१७ फागुन २०७९ मा प्रदेशसभाले प्रदेशको नाम कोशी नामकरण गरेपछि पहिचान पक्षधर विभिन्न राजनीतिक दल र संघसंस्थाले नामकरणको विपक्षमा आन्दोलन सुरु गरेका थिए ।

प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले ५ असारमा पहिलो पटक आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?