+
+

मेनुका र दिव्यको वेब सिरिज ‘यस्तै हो लाइफ’ शुक्रबारबाट प्रिमियर हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १७:०७

काठमाडौं । मेनुका प्रधान र दिव्य देवको मुख्य भूमिका रहेको वेब सिरिज ‘यस्तै हो लाइफ’ शुक्रबारबाट प्रिमियर हुने भएको छ । ‘स्टुडियो आकार’ युट्युब च्यानलबाट सिरिजको पहिलो एपिसोड स्ट्रिमिङ हुनेछ ।

करिअरको खोजीमा रहेका ६ जना साथीको दैनिक जीवनको कथा प्रस्तुत गर्ने सिरिजलाई इलम दीक्षितले निर्देशन गरेका हुन् । मित्रता, प्रेम र आत्मखोजको कथा भन्ने ‘यस्तै हो लाइफ’ काठमाडौंका नयाँ पुस्ताको कथा भएको दीक्षितले बताए । सिरिज आठ एपिसोड रहेको छ ।

दीक्षित र सानिया शाहको लेखन रहेको सिरिजमा सिर्जना रेग्मी, नम्रता सापकोटा, अमोद भट्ट र स्मिथ तामाङको समेत मुख्य भूमिका छ भने रमा थपलिया, लुनिभा तुलाधर र समीरमणि दीक्षितले अतिथि भूमिका रहेको छ । सिरिजका डीओपी श्याम तामाङ हुन् भने तुषार तण्डुकारले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?