+
+
Shares

सिन्धुलीमा गाडी दुर्घटना हुँदा ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १२:४३

१५ असार, काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक विङ्गर गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको गाडी आज बिहान १० बजेर ४० मिनेट जाँदा आफैं अनियन्त्रित भइ नालीमा खसेको थियो ।

सो गाडीमा सवार १० जना मध्ये सात जना घाइते भएका र उनीहरु सबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–१ की १८ वर्षीया शोभा घिमिरे, कमलामाई नगरपालिका–२ की १९ वर्षीया सन्ध्या घिमिरे, सिन्धुलीको गोलन्जर गाउँपालिका–४ का ६५ वर्षीय तेजबहादुर बस्याल, गोलन्जर–१ का २१ वर्षीय रामधोज पाख्रिन, मोरङको विराटनगर महानगरपालिका–१२ का ३२ वर्षीय सत्य प्रकाश ठाकुर, महोत्तरीको गौशाला नगरपालिका–४ का ६१ वर्षीय पर्शुराम ठाकुर र काठमाडौंका ३८ वर्षीय महेश डंगोल छन् ।

घाइतेहरुमध्ये शोभा र सन्ध्या घिमिरेको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

यसैबीच सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ धराफाँट बस्ने २० वर्षीया देवी कुमारी योञ्जनको करेन्ट लागेर मृत्यु भएको छ । पानी तान्ने मोटरको स्वीच अन गर्ने क्रममा उनलाई असार १३ गते करेन्ट लागेकोमा उपचारको क्रममा असार १५ गते बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?