+
+

अक्षयकुमारले रितेश देशमुखसँगै घोषणा गरे ‘हाउसफुल ५’, २०२४ को तिहारमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १६:४८

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले ‘हाउसफुल ५’ को रिलिज मिति घोषणा गरेका छन् । शुक्रबार इन्स्टाग्राम ह्यान्डलमा फिल्मको पोस्टर सेयर गर्दै उनले यो जानकारी दिएका हुन् । तर बलिउडमा ‘खिलाडी’को रुपमा चर्चित उनले यो फिल्मको कास्टको बारेमा कुनै जानकारी भने दिएका छैनन् ।

अक्षय र रितेश देशमुख पहिलो भागदेखि नै हाउसफुल फ्रेन्चाइजीको हिस्सा थिए । फिल्मको यो भागमा पनि दुवै छन् । फिल्मको घोषणा गर्दै अक्षय लेख्छन्, ‘पाँच पटकको पागलपनका लागि तयार हुनुहोस् । तपाईं सबैको लागि यो ल्याउँदै । दीपावली २०२४ मा सिनेमाघरमा भेटौंला ।’

अक्षयको लागि उनको हाउसफुल फ्रेन्चाइजी निकै सफल भएको छ । यस्तो अवस्थामा यो घोषणालाई लिएर फ्यान निकै उत्साहित छन् । एक फ्यानले कमेन्ट सेक्सनमा लेखेका छन्, ‘कमेडी किङ इज ब्याक ।’ अर्का फ्यानले लेखेका छन्, ‘हेराफेरी ३ लाई के भयो ?’ तेस्रो फ्यानले लेखेका छन्, ‘अक्षय कुमार आफ्नो फर्ममा फर्किंदै छन् ।’

अक्षय र रितेश हाउसफुल फ्रेन्चाइजको पहिलो भागदेखि नै फिल्मको हिस्सा हुन् । पहिलो र दोस्रो भागलाई साजिद खानले निर्देशन गरेका थिए । तेस्रो भागलाई साजिद–फरहादले मिलेर निर्देशन गरेका थिए । चौथो भाग फरहाद सामजीले मात्र निर्देशन गरेका थिए । पाँचौं भागलाई तरुण मनसुखानीले निर्देशन गर्ने भएका छन् ।

हाउसफुल फ्रेन्चाइजीका चार फिल्ममध्ये पछिल्लो ‘हाउसफुल ४’ ले सर्वाधिक २९१.०८ करोड भारु कमाएको थियो । तेस्रोले १९४, दोस्रोले १७९ र पहिलोले १२९ करोड भारुको कमाइ गरेका थिए । अक्षय पछिल्लो पटक कमेडी फिल्म ‘सेल्फी’मा देखिएका थिए तर यो फिल्म बक्स अफिसमा असफल भयो ।

अक्षय टाइगर श्राफ र सोनाक्षी सिन्हासँगै फिल्म ’ओ माइ गड २’ र एक्सन थ्रिलर ’बडे मियाँ छोटे मियाँ’ मा पनि देखिंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?