+
+

धनगढी पुगेको श्री एयरको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १६ गते १८:०७

१६ असार, काठमाडौं । प्राविधिक समस्याका कारण काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ ।

श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो । त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ । धावनमार्ग भने खाली भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?