+
+

सौगातपछि नीतिले पनि छाडेकी हुन् ‘क्यामिनो’ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १६:५२

काठमाडौं । प्रदीप खड्काको शीर्ष भूमिका रहने फिल्म ‘क्यामिनो’को छायांकन सुरु नहुँदै ‘लाइनअप’ प्रभावित हुन थालेको छ । सौगात मल्लले यो फिल्म छाडेको महिना दिन नबित्दै पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह पनि बाहिरिएकी छिन् । नीतिले हात झिकेपछि निर्माता अभिनेत्रीको खोजीमा लागेको खबर छ ।

नीतिले यो फिल्मबाट डेब्यु गर्ने तयारी थियो । उनले फिल्म छाड्नुको ठोस कारण नखुले पनि नयाँ अभिनेत्रीलाई अभिनय गराउने तयारी भइरहेको छ । नीतिले फिल्म छाडेको स्वतन्त्र पुष्टि निर्माताले नगरे पनि सेड्युलको कारण नीति प्रोजेक्टबाट बाहिरिएको चर्चा छ ।

ब्राजिल र मेक्सिकोमा छायांकन हुने बताइएको यो फिल्मलाई फिलिपिन्समा सुटिङ गर्ने जनाइएको छ । साउनदेखि छायांकन हुने भनिए पनि मिति यकिन छैन । मेक्सिकोले निर्माता र क्रिउको प्रवेशाज्ञा नदिएपछि त्यता जाने योजना रोकिएको निर्देशक दीपक वलीले बताएका थिए । मेक्सिकोमा छायांकन रोकिएपछि निर्मातासमेत हेरफेर भएका छन् । क्यामिनोमा वर्षा सिवाकोटी, भोलाराज सापकोटा, प्रवीण खतिवडा लगायतको समेत मुख्य भूमिका हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?