+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विकासशील मुलुकमा स्तरोन्नति हुनुअघि रणनीति बनाउँदै राष्ट्रिय योजना आयोग

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १७:३९

१७ असार, काठमाडौं । नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्नुअघि आवश्यक रणनीति निर्माणको काम सुरु भएको छ । रणनीतिको तर्जुमाको मस्यौदा माथि आइतबार छलफल भएको छ ।

आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले रणनीति सम्बन्धी मस्यौदामाथि छलफल गरेको हो ।

संयुक्त राष्ट्रसंघको विकास नीति समितिले सन् २०२१ मा अतिकम विकसित मुलुक (एलडीसी)बाट विकासशील मुलुकमा स्तरोन्नति गर्न नेपाललाई पाँच वर्षको तयारीको समय दिई स्तरोन्नतिको सिफारिस गरेको थियो । आगामी सन् २०२६ बाट नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ ।

उपाध्यक्षको अध्यक्षमा रहेको निर्देशक समितिमा अर्थ सचिव, परराष्ट्र सचिव, शिक्षा मन्त्रालयका सचिव, उद्योग वाणिज्य मन्त्रालयका सचिव साथै निजी क्षेत्रहरुबाट समेत प्रतिनिधित्व छ ।

विकासशील मुलुकमा स्तरोन्नति भएपछि प्राप्त हुने लाभलाई अधिकतम उपभोग गर्न र विकासशील मुलुकमा स्तरोन्नति भइसकेपछि आउने चुनौतीहरुको सामना प्रभावकारी रुपमा गर्नका लागि रणनीति बनाइरहेको उपाध्यक्ष डा. श्रेष्ठले बताए । उनका अनुसार रणनीति अन्तिम चरणमा पुगेको छ ।

‘मुलुकको अर्थतन्त्रको अवस्था, सम्भावना र स्तरोन्नति पछि विभिन्न क्षेत्रमा पर्नसक्ने सकारात्मक वा नकरात्मक असरको गहन अध्ययन तथा विश्लेषण गरी रणनीति तयार हुनेछ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘यसकै आधारमा दातृ संस्था, निजी क्षेत्र, समुदाय लगायतले भूमिका खेल्नुपर्ने हुन्छ ।’

आइतबारको छलफलमा उपाध्यक्ष डा. श्रेष्ठ, आयोगका सदस्य डा. रामकुमार फुँयाल, आयोगका सचिव डा. तोय नारायण ज्ञवाली, परराष्ट्र सचिव भरतराज पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी लगायत सहभागी भए ।

निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवाल र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे उपस्थित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?