+
+

असंलग्न राष्ट्रहरूको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद अजरवैजान जाने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १९:१०

१७ असार, काठमाडौं । असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद अजरवैजान जाने भएका छन् ।

वाकुमा आयोजना हुने उक्त बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद १९ असारमा त्यसतर्फ जाने भएका हुन् ।

वाकुमा २० र २१ असारमा आयोजना हुने मन्त्रिस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री साउदलाई भ्रमण अनुमति दिइसकेको छ । त्यसअघि १८ र १९ असारमा असंलग्न राष्ट्रहरूका उच्च अधिकारी बैठकसमेत हुनेछ ।

परराष्ट्रमन्त्री साउदको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल २२ असारमा स्वदेश फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?