+

४ संकेत, जसले पाचन क्षमता कमजोर भएको देखाउँछ

२०८० असार  १८ गते १४:१६ २०८० असार १८ गते १४:१६
४ संकेत, जसले पाचन क्षमता कमजोर भएको देखाउँछ

स्वस्थ शरीरका लागि पाचन प्रणाली मजबुत हुनु जरुरी छ । राम्रो पाचन प्रणालीले खानालाई ऊर्जामा परिणत गर्छ र शरीरलाई रोगसँग लड्ने शक्ति दिन्छ । तर पाचन प्रणाली कमजोर भयो भने धेरै स्वास्थ्य समस्या निम्तिन सक्छ । पाचन ठीक नहुँदा खानेकुरा राम्ररी पच्दैन । साथै अन्य समस्या पनि निम्तिन सक्छ ।

पाचन क्षमता खराब भएको कसरी थाहा पाउने ? त्यसका यस्ता संकेत देखिन्छन् ।

खाना नपच्ने, कब्जियत हुने वा पखाला लाग्ने

पाचन क्षमता कमजोर भयो भने अपच, ग्यास, बान्ता, पेट दुख्ने, पेट सुन्निने लगायत समस्या देखिन सक्छ । खाएको खाना राम्ररी पच्दैन, पखाला लाग्छ वा कब्जियत हुन्छ भने पाचनयन्त्र खराब भएको संकेत हो ।

छालाको समस्या     

पाचनयन्त्र कमजोर हुँदै गएपछि त्यसको असर छालामा देखा पर्छ । छालामा विभिन्न किसिमको समस्या देखा पर्छ । पाचनयन्त्र राम्रो भएमा छालामा चमक देखिन्छ, दागधब्बा देखिंदैन, चाउरीपन देखिंदैन । तर पाचनयन्त्र खराब भएपछि छालाको चमक हराउने, दाग धब्बा र चाउरीपन जस्तो समस्या देखा पर्छ ।

सासको दुर्गन्ध

सास गन्हाउने समस्या धेरैको हुन्छ । मुख तथा दाँतको सरसफाइ राम्ररी नगर्दा मुख गन्हाउँछ । तर पेटको समस्याले पनि मुखमा दुर्गन्ध ल्याउँछ । यदि ब्रस गरेर वा मुखको सरसफाइ गर्दा पनि सास गन्हाउँछ भने पेट खराब भएको संकेत हुन सक्छ ।

कपाल झर्ने

कपाल झर्ने कारण त अनेक हुन्छ । तर लामो समय पाचन प्रणालीमा समस्या हुँदा पनि कपाल झर्ने गर्छ । जब पाचनयन्त्र खराब हुन्छ, शरीरलाई आवश्यक पोषक तत्वको अभाव हुन्छ । त्यसको असर कपालमा पनि पर्छ ।

पाचन प्रणाली राम्रो बनाउने उपाय

पाचन प्रणालीलाई मजबुत बनाउन खानपान र जीवनशैलीमा विशेष ध्यान पुर्‍याउनुपर्छ । पाचनयन्त्र बलियो हुँदा जुनसुकै खानेकुरा पनि राम्रोसँग पच्छ । ती खानेकुरामा भएको पोषक तत्त्व शरीरले ग्रहण गर्छ । शरीर स्वस्थ र तन्दुरुस्त हुन्छ ।

पाचनयन्त्र स्वस्थ र बलियो बनाउन सबैभन्दा मुख्यतः खानपानमा ध्यान दिनुपर्छ । मसालेदार, धेरै चिल्लो, पिरो र प्रशोधित खानेकुरा कम खानुपर्छ । सुपाच्य अर्थात् सजिलै पचाउन सकिने खानेकुरा खानुपर्छ । सागपात, मुला, फलफूलजस्ता फाइबरयुक्त खानेकुराको सेवनले पाचन क्षमता बलियो बनाउँछ ।

समय तालिका बनाएर समय-समयमा खाना खानुपर्छ । शरीरलाई आवश्यक पर्ने जति मात्र खाना खानुपर्छ जसले पाचन प्रणाली राम्रो बनाउँछ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खायो भने पाचन क्षमता कमजोर हुन सक्छ ।

पोषिलो खानेकुरा खाएर मात्र पुग्दैन, यस्ता खानेकुरा पचाउन शरीर चलायमान हुनुपर्छ, सक्रिय हुनुपर्छ । यसका लागि हामी एकै ठाउँ बसिरहने, सुतिरहने बानी राम्रो होइन । केही न केही शारीरिक काम गरिरहनुपर्छ, व्यायाम गर्नुपर्छ जसले पाचनयन्त्रलाई सुधार्छ ।

(डा. अधिकारी चितवनस्थित भरतपुर अस्पतालका मेडिकल अधिकृत हुन् । उनीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

पाचन क्षमता स्वास्थ्य
लेखक
डा. सुशील अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

रक्तदानपछि छिटै ताजा महसुस गर्न के-के खाने ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

स्वास्थ्य शिक्षा प्रवेश परीक्षामा केवल अंकको मात्रै प्रतिस्पर्धा कति उपयुक्त ?

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान