+
+

‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर : विवाहमा पृष्ठभूमिले पार्ने अवरोधको कथा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १६:५५

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो । ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् ।

करण जोहर निर्देशित यो फिल्ममा दुई असमान शैक्षिक र आर्थिक पृष्ठभूमिका दुई पात्रको कथावस्तुलाई प्रस्तुत गरिएको छ । फिल्ममा रणवीर सिंहले रकी रन्धावा र आलियाले रानीको भूमिका निर्वाह गरेका छन् । ट्रेलरको सुरुमै रकी र रानीको कार आपसमा ठोक्किएको देखाइएको छ । जसकारण दुवै जना एकअर्कालाई चिच्याउन थाल्छन् र सडकमै झगडा गर्छन् । त्यसपछि रकी र रानी पहिलो पटक औपचारिक परिवेशमा भेटेको देखाइएको छ ।

फिल्ममा रकी रन्धावा रमाइलो पञ्जाबी पृष्ठभूमिबाट आएका छन् भने रानी शिक्षित र बौद्धिक बंगाली पृष्ठभूमिबाट आएकी छन् । ट्रेलरमा दुईबीचको कुराकानीमा केही रमाइलो संवाद पनि सुनिएको छ । दुवैबीचको घनिष्ठता बढ्छ र प्रेममा पर्छन् । तर दुवैको परिवार विवाहमा राजी नभएकाले उनीहरुको प्रेम विवाहमा परिणत हुँदैन ।

यो समस्या समाधान गर्न रकी र रानीले आफ्नो परिवार छोडेर तीन महिना एकअर्काको परिवारसँग बस्ने निर्णय गर्छन् । यस क्रममा उनीहरु एकअर्काको परिवारलाई प्रभावित गर्न सक्दो प्रयास गर्छन् । तर यस अवधिमा उनीहरूले आफ्नो पालनपोषण र जीवनशैलीमा ठूलो भिन्नता रहेको महसुस गर्छन् ।

ट्रेलरमा फिल्मका गीतलाई पनि स्थान दिइएको छ । यससँगै ट्रेलरमा आलिया पनि दुलहीको लुकमा देखिएकी छिन् । फिल्म आगामी साउन १२ गते हलमा रिलिज हुँदैछ । यो फिल्मबाट करण जोहर ६ वर्षपछि निर्देशकको रुपमा फर्कंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?