+
+

रोबर्टो फिर्मिनो पनि पुगे साउदी क्लब

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १४:२७

२० असार, काठमाडौं । ब्राजिलियन फरवार्ड रोबर्टो फिर्मिनो साउदी प्रो लिग क्लब अल-अहलीमा अनुबन्ध भएका छन् ।

प्रिमियर लिग क्लब लिभरपुल छाडेका फिर्मिनो पनि अन्य खेलाडीलाई पछ्याउँदै साउदी लिग खेल्ने सूचीमा थपिएका छन् ।

३१ वर्षीय फिर्मिनोले अल-अहलीसँग तीन वर्षको सम्झौता गरेका छन् । गतसिजनको अन्त्यमा लिभरपुलसँगको सम्झौता सकिएपछि फिर्मिनो फ्रि एजेन्टको रुपमा थिए ।

सन् २०१५ मा जर्मन क्लब होफेनहेइमबाट लिभरपुल पुगेका फिर्मिनोले इंग्ल्याण्डमा ३६२ खेलमा १११ गोल गरेका छन् ।

अल-अहलीले यसअघि सेनेगलका गोलकिपर एडुअर्ड मेन्डीलाई चेल्सीबाट अनुबन्ध गरेको थियो ।

चेल्सीका एन गोलो कान्टे र कालिडोउ काउलीबेली पनि क्लब छाडेर साउदी क्लबमा पुगिसकेका छन् ।

फिर्मिनोसँगै नेबी केइटा, एलेक्स च्याम्बरलेन र जेम्स मिल्नरले फ्रि एजेन्टको रुपमा एनफिल्ड छाडेका थिए ।

लिभरपुलमा रहँदा फिर्मिनो, मोहम्मद सालाह र साडियो मानेको ट्रिओ खुबै जमेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?