+
+

महालक्ष्मी विकास बैंकले दियो कालिकाेटका ५ जना विद्यार्थीलाई छात्रवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १९:२५

काठमाडौं । महालक्ष्मी विकास बैंकले कालिकोट जिल्लाका ५ जना विद्यार्थीलाई प्लस टू वा डिप्लोमा अध्ययनका लागि २ लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

सामुदायिक विद्यालयबाट एसईई उत्तिर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न चाहने विद्यार्थिलाई लक्षित गरेर कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई सो रकम सहयोग गरेको बै‌ंकले जनाएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कक्षा ११ र सीटीईभीटी अन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।

बैंकका निक्षेप बजारिकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले केन्द्रका अध्यक्ष टेकराज शाहीलाई २ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

भक्तपुरमा रहेको बागिश्वरी माविका दत्त कठायत, बूढानीलकण्ठस्थित लोयल्टी एकेडेमीका ईश्वरी शाही, सुर्खेतस्थित भैरव माविका भावना शाही, बूढानीलकण्ठस्थित ब्रेन ल्याण्ड एकेडेमीका सृष्टि शाही र चावहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीका सृष्टिकुमारी शाहीलाई प्रति विद्यार्थी ५०/५० हजार रूपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएकोे बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?