+
+

सिंचाइ सुविधा पाएपछि गुल्मीको कुमालटारीका किसान खुशी

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १५:४०

२१ असार, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–६ कुमालटारीमा छल्दीखोला सिंचाइ आयोजना पूरा भएपछि स्थानीय किसानले खेतबारीमा सिंचाइ सुविधा पाएका छन् ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले सञ्चालन गरेको सिंचाइ योजना पूरा भएपछि धान रोपाइका लागि आकाशको पानी कुर्नु नपर्ने स्थानीय किसान नारायणप्रसाद कुँवरले बताए । सिंचाइको सुविधा नहुँदा यहाँका किसानले धेरै खेती लगाउन आकाशे पानीको भर पर्नुपर्ने अवस्था थियो ।

सिंचाइको सुविधा भएपछि किसानलाई धान, गहुँ मकै, आलुजस्ता अन्नबाली र अरु नगदेबाली उत्पादन गर्न पनि सजिलो हुेन कुमालटारी सिंचाइ आयोजनाका अध्यक्ष ऋषि श्रेष्ठले बताए ।

दुई हजार ३०० मिटर लामो कुलो निर्माण गरेर छल्दीखोलाको पानी ल्याएपछि ४५ घरधुरी किसानको २० हेक्टर खेतमा सिंचाइ सुविधा पुगेको छ ।

यो आयोजना निर्माणका लागि सरकारको २ करोड ७३ लाख ३३ हजार ५५९ रुपैयाँ खर्च भएको छ भने बाँकी स्थानीय किसानले श्रमदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?