+
+

एमालेको अवरोधले राष्ट्रिय सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १३:००

२२ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

शुक्रबार बजेटको बिभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची थियो । तर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसदमा अवरोध गर्‍यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनी दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर एमालेले राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक चल्न दिइरहेको छैन् । शुक्रबार पनि एमालेले बैठक सुरु हुने वित्तिकै उठेर विरोध गर्‍यो ।

त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले एमाले सांसद विमला घिमिरेलाई बोल्न समय दिए । सांसद घिमिरेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसदको कार्यसूची अगाडि नबढाउन आग्रह गरिन् ।

तर, अध्यक्ष तिमिल्सनाले प्रधानमन्त्रीले जवाफ दिने वातावरण बनाउन आग्रह गरे । एमालेले मानेन र करिब २० मिनेट (१९ मिनेट ४६ सेकेण्ड)सम्म एमाले सांसदहरु उभिइरहेपछि अधयक्ष तिमिल्सनाले बैठक नै स्थगित गरिदिए ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी आइतबार बिहान ११ बजेर ३१ मिनेटका लागि बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?