+
+

बार्बी र ब्ल्याक पिंकलाई विवादमा तान्ने साउथ चाइना सीको मामिला के हो ?

एजेन्सी एजेन्सी
२०८० असार २२ गते १६:१८

काठमाडौं । भियतनामले हालसालै बार्बी फिल्मलाई प्रतिबन्ध लगाएसँगै साउथ चाइना सीबारेको विवाद सतहमा आएको छ ।

हलिवुड चलचित्रले साउथ चाइना सीको सीमाका लागि चीनले अघि सारेको ९ धर्काको अवधारणालाई प्रवर्द्धन गरेको भन्दै भितनाममा बार्बीलाई प्रतिबन्ध लागेको हो । यस्तै कोरियन पप समूह ब्ल्याकपिंक पनि यस्तै आरोपबाट गुज्रियो ।

साउथ चाइना सीको सीमाबारेको विवाद शताब्दीदेखि जारी छ । त्यस इलाकालाई लिएर तनाव भने हालैका वर्षदेखि बढेको हो । यस टापुको विभिन्न क्षेत्रलाई लिएर विभिन्न मुलुकको दाबी छ । रणनीतिक महत्वको यस क्षेत्रमा चीनले आफ्नो प्रभाव र शक्ति विस्तारगरेसँगै यस टापुसँग सरोकार राख्ने मुलुक फलिपिन्स, भियतनाम, ताइवान, मलेसिया र ब्रुनाइ चीनसँग रुष्ट छन् । आखिर साउथ चाइनासीसँग के त्यस्तो खासियत छ  जसका कारण विवाद निम्तिरहेको छ ?

साउथ चाइना सी ढुवानीको मुख्य नाका हो । विश्व व्यापारको २१ प्रतिशत सामाग्री यहाँबाट विभिन्न मुलुक पुग्ने गरेको तथ्यांक छ । संयुक्त राष्ट्रसंघको वाणिज्य तथा विकास सम्मेलनमा प्रस्तुत विवरण अनुसार ३ खर्ब ३७ अर्ब डलर बराबरको कारोबार यो नाकाबाट हुने गरेको छ ।

यस्तै विश्वमा खपत हुने सामुन्द्रिक जीवको मासु मध्ये  आधा यसै इलाकाबाट मारिने तथ्यांक छ । माछा सहित अन्य जीव मारेर साउथ चाइना सी वरपर लाखौँले रोजगार पाएका छन् ।

यसको वरपर प्राकृतिक खनिज पनि प्रशस्तै छन् । त्यस इलाकामा कमै उत्खनन् भएपनि वरपरका मुलुकले बहुमुल्य सामाग्री उत्खनन् गरेका छन्  ।

साउथ चाइन सीको कुल क्षेत्रफेलमध्ये चीनले सबैभन्दा बढी आफ्नो दाबी गरिरहेको छ । चीनको हैनान प्रान्तबाट पूर्वी र दक्षिणी भेगको इलाकामा उसले दाबी गरेको हो ।

सन् १९४७ को नक्साका आधारमा चीनले धेरै भुभागमा आफ्नो दाबी गरिरहेको हो  जस अन्तर्गत उसले पारासेल र स्प्रेटली टापु पनि आफ्नो दाबी गर्दै आएको छ । यता ताइवानले पनि उस्तै जिकिर गर्दै आएको छ ।

यता फिलिपिन्सले पनि आफ्नो दाबी छोडेको छैन । चीनतर्फ पर्ने स्कारबोरो र ह्युनग्यान टापुमा फिलिपिन्सको दाबी छ । यता भियतनामले पनि १७ औँ शताब्दीको दस्तावेजनले पारासेल र स्प्रेटली आफ्नोमा पर्ने र त्यसलाई प्रमाणित गर्ने बताइरहेको छ ।

यता मलेसिया र ब्रुनइले त्यस इलाकालाई विशेष आर्थिक क्षेत्रका रूपमा उपयोग गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघको सामुन्द्रिक सन्धी अन्तर्गत उनीहरूले त्यस इलाकालाई उपभोग गर्दै आएका हुन् ।

यस सन्धीमा विश्वका सामुन्द्रिक इलाकाको उपयोगबारेको नियम छ । ब्रुनइले कुनैपनि इलाकामा दाबी गरेको छैन भने मलेसियाले भने विवादित टापुको सानो अंशमा आफ्नो दाबी गरिरहेको छ ।

साउथ चाइना सीमा निम्तिएका ठूला तनाव र झडप

साउथ चाइना सीमा निम्तिएका सबैभन्दा ठूला तनाव चीन र भियतानम था चीन र र फिलिपिन्सबीच छन् । सन् १९७४ मा चीनले पारासेल टापुलाई भितनामबाट खोसेको थियो । त्यसक्रममा झडप हुँदा ७० जना भियतनामी सैनिकको ज्यान गएको थियो ।

यस्तै स्न १९८८ मा स्प्रेटिल कब्जाका लागि भियतनाम र चीनबीच झडप भयो । त्यसक्रममा त्यस इलाकाबाट गुज्रिएका ६० यात्रु मरे । सन् २०१२ मा चीन र फिलिपिन्सबीच स्कारबोरो सोललाई लिएर निकै लामो तनाव भयो ।

सन् २०१२ मै चीनको जल सेनाले भियतनामले गरेको उत्खनन् कार्यमा अवरोध जनाउँदै २ पानी जहाजमा क्षति पुर्‍याएको बताइन्छ । त्यसलाई लिएर भियतनाममा चीनविरोधी ठूलै आन्दोलन भयो ।

सन् २०१३ मा चीनले राष्ट्रसंघको सामुन्द्रिक सन्धी उल्लंघन गरेको भन्दै चीनविरूद्ध राष्ट्रसंघीय निकायमा मुद्दा दर्ता गर्‍यो ।

सन् २०१४ मा पारासेल टापुमा चीनले ड्रिल गर्दा चिनिँया र भितनामी दर्जनौँ जहाज ठोकिएका थिए । सन् २०१९ मा फलिपिन्सले मछुवाराको डुंगा चीनले पल्टाइदिएको जिकिर गर्‍यो । त्यसमा सवार २२ फलिपिनोलाई भियतनामीले उद्दार गरेका थिए ।

सामरिक रणनीतिक महत्वको साउथ चाइना सीमा चीनले विस्तारवादी नीति अघि सारेको छ । उसले त्यहाँ जल सेनाको गस्तीलाई पनि बढाइरहेको छ । यो विवादमा अमेरिकाले कसैको पनि साथ नदिने बताएपनि विवादित क्षेत्रमा उसले आफ्नो सैन्य क्याम्प राखेको छ । जापानले पनि भियतनाम  र फलिपिन्सलाई सैन्य सहयोग दिएको छ ।

विवादित यस क्षेत्रले विश्वव्यापीरूपमा गम्भीर परिणाम निम्त्याउन सक्ने डर पैदा भइरहेको छ । एजेन्सीको सहयोगमा

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?