+
+

असार तेस्रो सातासम्म २६ प्रतिशत मात्रै धान रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते १७:४६

२२ असार, काठमाडौं । असार तेस्रो सातासम्म आइपुग्दा देशभर कुल २६.७१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १४ प्रतिशत हाराहारीले कम हो ।

यस वर्ष २१ असारसम्म ३ लाख ६२ हजार ६२५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबै भन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । सो प्रदेशमा ४८.९७ प्रतिशत भू-भागमा रोपाई सकिएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताए ।

यस्तै सबै भन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । धान उत्पादनको भण्डर मानिने प्रदेशमा यस वर्ष असार तेस्रो सातासम्म ९.५३ प्रतशित क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

कर्णाली प्रदेशमा ४५.०२ प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ३०.७८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा २४.४३ प्रतिशत रोपाइँ हुँदा गण्डकी प्रदेशमा १७.५५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

देशैभर मनसुन उपयुक्त भएको र रोपाइँ जारी रहेका कारण यस वर्ष धानखेती हुने सबै क्षेत्रमा रोपाइँ हुने हनुमान मन्त्रालयको छ । रोपाइँ ढिलाइ हुनुमा मनसुन केही दिन ढिला सुरुहुनु नै प्रमुख कारण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?