+
+

हात्तीवन पुगेर राजेशपायल र आर्यनले मन्त्री किरातीसँगै गरे वृक्षारोपण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १०:४४

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित कलाकारले शनिबार बिहान सानो हात्तीवनमा वृक्षारोपण गरेका छन् । विरुवा रोप्न मन्त्री किरातीलाई कलाकारले साथ दिए ।

ललितपुरको सानो हात्तीवनस्थित किरात माङहिम परिसरमा वृक्षारोपण गर्न कलाकारको बाक्लै उपस्थिती देखियो । किरात समाज महालक्ष्मी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा ज्याकारान्डा, धुपी लगायतको जातका विरुवा रोपिएको थियो ।

मन्त्री किरातीले आयोजना गर्ने सरसफाइ, वृक्षारोपण लगायतका कार्यक्रममा कलाकारलाई बोलाउने गरेका छन् । पशुपति क्षेत्रको सफाइमा पनि कलाकारले साथ दिएका थिए ।

गायक राजेशपायल राई, अभिनेता आर्यन सिग्देल, लोकदोहोरी कलाकारहरु रीता थापा मगर, दुर्गा रायमाझी, दीपक खड्का, पूर्णकला विसी, शिरिष देवकोटा, दामोदर भण्डारी पनि वृक्षारोपणमा सहभागि भए ।

वातावरण संरक्षणको सन्देश दिने उद्देश्यले वृक्षारोपण जरुरी भएको गायक राजेशपायल राईले बताए । गतसाता गायक राजु लामाले पनि उपल्लो मुस्ताङमा ३ हजार भोटे पिपलका विरुवा रोपेका थिए ।

तस्वीर : गोपीकृष्ण चापागाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?