
काठमाडौं । हलिउड अभिनेत्री सलमा हायकको बोल्ड बिकिनी तस्वीरले यतिबेला इन्टरनेट तरंगित बनेको छ । राष्ट्रिय बिकिनी दिवसको छेकोमा उनले सार्वजनिक गरेको यो तस्वीरले फ्यान चकित छन् । ५६ वर्षको उमेरमा पनि उनी बिकिनीसहितको तस्वीरमा बोल्ड एण्ड सेक्सी देखिएकी छन् । उनले हालै इन्स्टाग्राममा आफ्नो एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी स्विमिङ पुलमा देखिएकी छिन् ।
उनको यो अवतार देखेर फ्यान पनि छक्क छन् । अभिनेत्रीको सौन्दर्य आज पनि उस्तै रहेको फ्यानको भनाइ छ । उमेरलाई माथ दिएको चर्चा फ्यानले गरेका छन् । यो भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ ।
क्याप्सनमा लेखेकी छन्, ‘मलाई विश्वास लाग्दैन, २५ मिलियन फलोअर्स ! तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद । तपाईहरु सबैले मेरो बिकिनी तस्विररु लाई धेरै माया गर्नुहुन्छ भन्ने लागेको छ । मलाई व्यायाम गर्न मन लाग्दैन, तर मलाई पानीमा नाच्दै राम्रो समय मनाउन मन पर्छ । म साँच्चै प्रेरित छु र तपाईंको सबै माया र समर्थनको लागि आभारी छु ।’
View this post on Instagram
यी बिकिनी तस्विरमा उनले बिना कुनै हिचकिचाहट आफ्नो पर्फेक्ट फिगर देखाएकी छन् । यो उमेरमा उनलाई यति फिट देखेर फ्यानले तारिफ पनि गरिरहेका छन् । अभिनेत्री हायक पछिल्लोपटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् ।
मेक्सिकन-अमेरिकी अभिनेत्री र फिल्म निर्माता सलमा हायकको जन्म सेप्टेम्बर २१९६६ मा भएको थियो । उनले डेस्पेराडो, ‘वाइल्ड वाइल्ड वेस्ट’, ‘डॉग्मा’ र ‘फ्रम डस्क टु डन’ जस्ता फिल्ममा काम गरेकी छन् । सन् २००२ मा फ्रिडामा चित्रकार फ्रिडा काहलोको भूमिका निर्वाह गरेपछि विश्वव्यापी रूपमा चिनिएकी थिइन् । उनी उत्कृष्ट अभिनेत्रीको विधामा ओस्कार अवार्डका लागि पनि मनोनित भइन् ।
View this post on Instagram
९ मार्च २००७ मा उनले फ्रान्सेली अर्बपति फ्रान्कोइस–हेनरी पिनाल्टसँग इन्गेजमेन्ट गरेकी थिइन् । त्यतिबेला उनको गर्भावस्थाको घोषणा पनि गरिएको थियो । त्यसपछि सन् २००९ मा दुवैले भ्यालेन्टाइन डेमा पेरिसमा विवाह गरेका थिए ।
प्रतिक्रिया 4