+
+
Shares

रास्वपाबारे शंकर पोखरेल : सोसल मिडियाका सेलिब्रेटी भेला पारेर दल बन्न सक्दैन

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १५:३७

२३ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियामा छाएका सेलिब्रेटीलाई भेला गरेर राजनीतिक दल बन्न नसक्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले कुनै एक क्षेत्रमा लोकप्रियता हासिल गर्दैमा राजनीतिमा पनि लोकप्रियता हासिल गर्न सकिन्छ भन्नु जनतामाथिको इमोसनल ब्ल्याकमेलिङ भएको टिप्पणी गरे ।

पार्टीको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले भने, ‘सोसल मिडियामा छाएका सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन । सोसल मिडियामा लोकप्रियता हासिल गर्नेवित्तिकै समाजको नेतृत्वको रुपमा हामी योग्य छौं भन्ने मान्यता टिकाउ मान्यता होइन ।’

महासचिव पोखरेलले कुनै समय भारतीय अभिनेता अमिताभ बच्चन पनि राजनीतिमा आएको र प्रतिष्ठित राजनीतिज्ञ कमलापति त्रिपाठीलाई हराएको भन्दै एक कार्यकालमै बच्चनले यथार्थ बुझेर राजनीति छाडेको टिप्पणी गरे ।

‘…तर उनले एक कार्यकालमै अनुभूति गरे यो क्षेत्र मेरा लागि होइन रहेछ । उनी त्यसबाट फर्किए, फर्किसकेपछि आज पनि भारतीय सिने जगतका प्रतिष्ठित कलाकारका रुपमा सम्मानित छन्’ उनले भने, ‘कुनै व्यक्ति कुनै क्षेत्रमा लोकप्रिय भयो भने सबै क्षेत्रमा लोकप्रिय हुन्छ भन्ने कुरा सत्य होइन । हरेकले आफ्नो कामको क्षेत्रभित्र विज्ञता हासिल गर्ने कोसिस गर्नुपर्छ ।’

महासचिव पोखरेलले अगाडि भने, ‘एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको भावनामा प्रयोग गर्ने कुरा जनताको भावनामाथि इमोसनल ब्ल्याकमेलिङ हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

सही राजनीति र बलियो राजनीतिक नेतृत्व भएमा मात्र देश बन्ने भन्दै उनले नेपालमा विभिन्न प्रयोगको नाममा समय खेर फाल्ने काम भइरहेको बताए ।

‘एउटा समयमा नेपाललाई विवेकशील साझाका नाममा प्रयोगशाला बनाइयो । जनताले केही समय नजिकबाट यिनीहरुले पो गर्छन् कि भनेर हेरे त्यसपछाडि होइन रहेछ भन्ने परेपछि फेरि अर्को प्रयोगशालाका रुपमा स्वतन्त्रलाई अगाडि सारियो’ महासचिव पोखरेलले भने, ‘स्वतन्त्रहरुको असंगठित शक्तिले कसरी राजनीतिक नेतृत्व गर्न सक्छ भन्ने प्रश्न खडा भएपछि स्वतन्त्रका नाममा पार्टी बनाइयो । जुन पार्टीको न सिद्धान्त छ, न उद्देश्य छ न लक्ष्य छ न गन्तव्य छ ।’

राजनीतिमा जो पनि आउन पाउने भन्दै उनले त्यसका लागि राजनीतिक मूल्य मान्यता, उद्देश्य , योजना र गन्तव्यमा स्पष्ट हुनुपर्ने धारणा राखे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?