+
+

रकमान्तरको विरोध गर्दै एमालेले गर्‍यो मधेश प्रदेशसभा बैठक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० असार २३ गते १५:४७

२३ असार, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । मधेश सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मनोमानी ढंगबाट  करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै प्रदेशसभा अवरुद्ध गरेको हो ।

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले अर्थमन्त्रीले बजेट रकमान्तरमार्फत गरेको अनियमितताको जवाफ मुख्यमन्त्री सरोज यादवले नदिए बैठक चल्न नदिने बताए ।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । असार १ गते बजेट ल्याएपछि शनिबार २३ औं दिन बजेटमाथि छलफल गर्न प्रदेश सभा बैठक बसेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?