+
+

सिरहामा प्रहरी जवानलाई नै पाता कसेर यातना

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० असार २७ गते १२:५८

२७ असार, जनकपुरधाम । जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो ।

घटना गत मंगलबार साँझको हो । बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ ।

हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताए ।

‘दाइलाई बढी टिउटी गराउनुहुन्थ्यो । त्यही विषयमा ईन्सपेक्टर राई समक्ष गुनासो गर्न जानुभएको थियो । उल्टै झपारेपछि दुबैजनाबीच भनाभान भयो । त्यहीँ इन्सपेक्टर राईले दाइलाई पाता कसे,’ भाइ रजनिसले भने ‘जसको भिडियो प्रमाण छ । बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिएका छन् ।’

उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको भिडियोमा प्रष्ट देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको सोधिरहेका छन् ।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।

‘मादक पदार्थ अथवा के खाएर पब्लिकलाई कुट्दै हिँड्ने भएपछि उसलाई नियन्त्रणमा लिएका हौं। जथाभावी पब्लिक, सिपाहीलाई कुटपिट  दुर्व्यवहार गरेपछि पाता कस्न परिहाल्छ नि । त्यो मेरो प्रहरी हो !’ एसपी लिम्बुले भने, ‘तर उनीमाथि कसैले कुटपिट गरेका छैनन् । कार्यालयमा ल्याएर सम्झाई बुझाई गरेको अवस्था हो ।’

एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे ।

प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए । प्रहरी जवान रायको घर महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ८ फुलहट्टा हो ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?