+
+

चकलेट पारखीको रोजाइमा परेका ८ नेपाली ब्राण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १३:१८

काठमाडौं । चकलेटको स्वादमा नलोभिने सायदै होलान् । त्यसमा पनि बच्चाहरु चकलेट भनेपछि हुरुक्कै हुने गर्छन् । अहिले बजारमा थरीथरी स्वाद र ब्राण्डका चकलेट उपलब्ध छन् । चकलेट उत्पादन गर्ने उद्योग पनि मुलुकमा कैयौं छन् । जसका आफ्नै अलग स्वाद र अलग विशेषता छन् ।

धेरै चकलेट आयात हुने गरेको भए पनि पछिल्लो समय बजारमा नेपाली चकलेट ब्राण्डले ग्राहकको मन जितिरहेका छन् । तीमध्ये केही चकलेट ब्राण्डको यहाँ चर्चा गरिन्छ ।

चाचाई कन्फेक्सनरी

चाईचाई कन्फेक्सनरी शर्मिला श्रेष्ठको दिमागको उपज हो । जसले आफ्नो फुर्सदको समय सदुपयोग गर्न व्यवसाय सुरु गरेकी थिइन् । सन् २०२१ मा बजारमा आएको ‘चाईचाई कन्फेक्सनरी’मा अहिले बोनबोन, कारमेल र लेमन फ्रुटसहित पाँचभन्दा बढी स्वादहरूका चकलेट छन् ।

मुओन चकलेट

स्थानीय चकलेटको ब्राण्डमध्ये रुचाइएको मुओन चकलेट पनि हो । मुओनका थरीथरीका चकलेट छन्, जसको स्वाद मात्र होइन रङ पनि भिन्न-भिन्न छ । जसमा हल्का गाढा, अर्धगाढादेखि सेतो रङमा चकलेट सजिलै बजारमा भेटिन्छन् । त्यस्तै ओट्सबाट बनेको चकलेट बनाउनु यसको अर्को विशेषता हो । ओट्सका चकलेटले शरीरको स्टामिना कायम राख्न पनि मद्दत गर्ने उत्पादक दाबी गर्छन् ।

विशेषगरी कुनै पदयात्रामा जाँदा ओट्सका चकलेट फाइदाजनक हुन्छ । साथै जन्मदिन, वार्षिकोत्सवजस्ता कार्यक्रममा मुओन चकलेट उत्कृष्ट विकल्प हुन सक्छ ।

येजु चकलेट नेपाल

सन् २०२० मा तीनवटा चकलेटसहित उत्पादन ल्याएको येजु चकलेट नेपालसँग अहिले २० थरीका उत्पादन छन् । जसको मूल्य ३० रुपैयाँदेखि ४०० रुपैयाँसम्म पर्छ ।

द चकलेट गार्ड

द चकलेट गार्डेनसँग हेर्दै मुखै रसाउने खालका चकलेटहरू छन् । स्वादको विस्तृत श्रृंखला द चकलेट गार्डेनमा भेटिन्छन् । द चकलेट गार्डेनमा चकलेटको अलावा केक पनि पाइन्छ । जीवनको कुनै पनि रमाइला पलहरू मनाउनका लागि चकलेट गार्डेनबाट चकलेट र केक दुवै एकैपटक अर्डर गर्न सकिन्छ । हेर्दा आकर्षक र थरीथरीका डिजाइनदेखि अलग स्वादले भरिपूर्ण यसको उत्पादन धेरैको रोजाइमा पर्छ ।

नानस डिलाइटबाट चकलेट

नानास डिलाइटले रोचक किसिमका चकलेट पस्किने गर्छ, जसमा सुन्तलाको बोक्रा सहितको स्विट डार्क चकलेट, भुटेको बदाम र हिमालयन पिंक साल्ट, हिमालयन गोरिज बेरी लगायतका चकलेट पर्छन् ।

यसको खास विशेषता प्याकिङ शैली पनि हो । चकलेट विस्तृत डिजाइनका साथ आकर्षक ढंगले र्‍यापिङ पनि गरिएको हुन्छ ।

कोलम्बस चकलेट

कोलम्बस चकलेट अर्को चर्चित स्थानीय चकलेट ब्राण्ड हो । यसका केही लोकप्रिय चकलेट जस्तै, ह्वाइट चकलेट, हिमालयन डिलाइट, मिल्क चकलेट र गाढा चकलेट चाख्नैपर्ने चकलेटभन्दा केही फरक नपर्ला । यी चकलेट स्वादिलो मात्र नभएर स्वस्थकर पनि मानिन्छ  । कोलम्बस चकलेटमा पनि कम्बो अफरहरू छन्, जहाँ एउटा प्याकेटमा विभिन्न प्रकारका चकलेट पाइन्छ ।

खरायो बेक

खरायो बेक ब्राण्डका गउरमेन्ट ब्राउनी चकलेट निकै लोकप्रिय छन् । खरायो बेक्सले एनर्जी बार, ट्रफल, चकलेट स्ल्याब र चोको बलहरू पनि ल्याएको छ । यसका उत्पादनहरू दुईवटा बाकसमा आउँछन् एउटा पूरा बक्स जसको मूल्य एक हजार ३५० पर्छ भने अर्को सानो बक्समा आउँछ जसको मूल्य ७५० रुपैयाँ पर्छ । ग्राहकहरूले यसको इन्स्टाग्राम र फेसबुक पेजबाट अर्डर गर्न सक्छन् ।

खरायो बेकको ठूलो बक्समा कफी फज र कफी बीन्स, नटी नट्स, ओह ओह ओरियो, कोकोनट ल्यामिङ्टन, ह्वाइट चकलेट र पिन्क, पिनट बटर, कारमेल र सिशेम, ट्विस्टेड र लिटल हार्ट्ससहित रोजाइका ६ वटा टपिङसहित ब्राउनीहरू हुन्छन्। यसको विशेषता भनेको शुद्ध शाहाकारीको लागि अण्डारहित ब्राउनी पनि हो ।

एजिल चकलेट

एजिल चकलेट एक अनलाइन चकलेट स्टोर हो, जसले दूध, बदाम, कुकी र क्रीम, नट, कारमेल र कफी स्वादसहितका घरेलु चकलेट ल्याउँछ । यहाँ प्रत्येक अर्डरमा ताजा चकलेट बनाउने हुँदा दुई दिनअघबाट नै रोजाइको चकलेट अर्डर गर्नुपर्ने हुन्छ ।

ब्लिस बल्स

नेपाली ब्रान्ड ब्लिस बल्सले ड्राइफ्रुट्स र नटहरूबाट चार किसिमका ह्यान्डमेड राउन्ड डाइट बलहरू बनाउँछ र बेच्छ । यसमा प्रशोधित चिनी प्रयोग नहुने भएकाले यो स्वास्थ्यबर्धक हुने कम्पनीको दाबी छ ।

चार स्वादहरूमा ब्लिस बल्सको चकलेट उपलब्ध छन् । ब्लिस बल्स र्आेजिनल, चोको ब्लेज, पिस्ताचियो पञ्च एन्ड ट्विस्ट । यी चकलेटको मूल्य प्रति २०० ग्राम तीन हजार ९० देखि ३ हजार ६९० रुपैयाँसम्म र प्रति किलोग्राम ६९० देखि ८९० रुपैयाँसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?