+
+

बिल गेट्स भन्छन् : एआई खतरा होइन, मानिसले नियन्त्रण गर्न सक्छ

एजेन्सी एजेन्सी
२०८० असार २८ गते १३:१२

माइक्रोसफ्ट कम्पनीका संस्थापक तथा चर्चित प्रविधि विज्ञसमेत रहेका अर्बपति बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सम्बन्धमा आफ्नो अभिमत प्रकट गरेका छन् ।

प्रविधि क्षेत्रका विभिन्न चर्चित व्यक्तिहरुले यसअघि संयुक्त पत्रसमेत लेखेर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि खतरनाक रहेकोले नियन्त्तण आवश्यक रहेको बताइरहेका बेला बिल गेट्सले भने त्यसभन्दा विपरित धारणा व्यक्त गरेका छन् ।

बिल गेट्सका अनुसार एआई तीव्र रुपमा विकसित भैरहेको प्रविधि हो, जसमा विशाल क्षमता छ । साथै अन्य हरेक प्रविधिले जस्तै यसले पनि विभिन्न जोखिम लिएर आएको हुन्छ ।

एआईको भविष्यप्रति आशावादी देखिएका बिल गेट्सले यसको जबरजस्त क्षमताको प्रयोगबाट माइक्रोप्रोसेसर, पर्सनल कम्प्युटर, इन्टरनेट तथा मोबाइल प्रविधिमा अभूतपूर्व विकास गर्न सकिने दाबी गरेका छन् ।

उनका अनुसार उत्पादन, स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्सलाई उत्कृष्ट तरिकाले प्रयोग गर्न सकिन्छ ।

उनी भन्छन्, ‘यदि एआईलाई सही तरिकाले प्रयोग गर्नेहो भने यसले स्वास्थ्यसेवा तथा शिक्षाको क्षेत्रमा रहेको असमानतालाई कम गर्न सहयोग गर्नेछ उत्पादनको क्षेत्रमा एआईले प्रक्रियागत पक्षलाई सटिक बनाउनुका साथै कार्यदक्षता वृद्धि गर्न सहयोग गर्नेछ ।’

उनका अनुसार एआईको मद्दतले स्वास्थ्य सेवालाई लोकतान्त्रिक बनाउन सकिन्छ र रोगको निदानमा पनि सुधार गर्न सकिन्छ ।

साथै, शिक्षाको क्षेत्रमा पर्सनलाइज्ड लर्निंग र शैक्षिक समतामा रहेको खाडललाई कम गर्नका लागि एआई सहयोगी बन्ने उनको विश्वास छ ।

कतिपय जोखिम

यद्यपि बिल गेट्सले एआईका विषयमा निरपेक्ष रुपमा फाइदै फाइदाको कुरा पनि गरेका छैनन् । उनले यसका वास्तविक जोखिमहरुको बारेमा पनि व्याख्या गरेका छन् ।

विद्यमान एआई प्रणालीमा अशुद्धता, भुलचुक तथा प्रासंगिक बुझाईमा कमी जस्ता समस्याहरु रहेको उनले बताएका छन् । यस्ता चुनौतिहरु पार गर्नका लागि ठोस प्रयासको आवश्यकता रहेको पनि उनले बताएका छन् ।

प्रविधिमाथि मान्छेको नियन्त्रण

बिल गेट्सले मान्छेको श्रेष्ठतामा विश्वास गर्दछन् । मानिसले प्रविधिबाट उत्पन्न भएका सबैखाले चुनौतीहरुमाथि नियन्त्रण गर्ने इतिहास छ । त्यसैले हामीले एआईमाथि पनि नियन्त्रण गर्नसक्ने उनको जिकिर छ । तर यसका लागि सरकारहरु र निजी कम्पनीहरु मिलेर काम गर्नुपर्ने सुझाव बिल गेट्सले दिएका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?