+
+

रौतहटमा धारिलो हतियार प्रहार गरेर हत्या

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते ११:१८

२९ असार, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ ।

देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

‘राति सुतेकै स्थानमा साहको हत्या भएको हो,’ रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भने, ‘उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ ।’ मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए ।

घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरीक्षक बुढामगरले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।

हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?