+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रास्वपाले केन्द्रीय सदस्य थप्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते ११:४५

२९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जना छन् ।

थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य थप्ने बारे कुरा भइरहेको बताए ।

‘समावेशीताको आधारमा केन्द्रीय सदस्य थप्दा रास्वपाका सांसद सहित अन्य व्यक्तिहरु पनि थपिने छ,’ ढकालले अनलाइनखबरसँग भने, ‘क्रमशः केन्द्रीय सदस्यको संख्या बढाउँछौं ।’

आगामी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप्ने एजेण्डा पनि लगिने भएको छ । केन्द्रीय समितिमा छलफलमा लानु अघि टुंगिनुपर्ने विषयहरुमा काम भइरहेको ढकालले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा पार्टीको दस्तावेज पनि प्रस्तुत गर्ने तयारी गरिएको छ । त्यसका लागि १७ जनाको टोलीले काम गरिरहेको छ । रास्वपाले मंसिरबाट पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ ।

केन्द्रीय समिति बैठक साउन बोलाउने तयारी गरिएपनि दिन भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?