+
+

‘बगान’ र ‘मिसन इम्पोसिबल ७’ ले नेपाली बक्स अफिसमा कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १८:०६

काठमाडौं । शुक्रबार रिलिज भएका फिल्मले नेपाली बक्स अफिसमा न्यून कमाइ गरेका छन् । टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’को सप्ताहन्त ओपनिङ प्रक्षेपणभन्दा निकै कम छ । अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको फिल्मले नेपालमा भने न्यून कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार सरोज खनाल निर्देशित नेपाली फिल्म ‘बगान’ले प्रदर्शनमा दुई दिनमा १० लाख रुपैयाँ नेट र हलिउड फिल्म ‘मिसन इम्पोसिबल ७’ले ३४ लाख रुपैयाँ नेट कमाइ गरेका छन् । यी दुवै फिल्मको ओपनिङ निकै न्यून हो ।

‘मिसन इम्पोसिबल’का अघिल्ला सिरिजले नेपालमा उत्कृष्ट ओपनिङ गरेका थिए । भारतमा भने यसले अंग्रेजी फिल्मतर्फ सन् २०२३ कै सर्वाधिक ओपनिङ गरेको छ । सरोज खनाल निर्देशित ‘बगान’को यो कमाइ नेट कमाइको हिसाबले औसतभन्दा कम हो ।

शुक्रबार बगान, मिसन इम्पोसिबल ७, रेसिडेन्ट एभिल : डेथ आइल्याण्ड रिलिज भएका थिए भने बिहेपास पुनः प्रदर्शनमा आएको थियो । यीमध्ये रेसिडेन्ट एभिललाई आइतबारदेखि हलले उतारेका छन् । चलचित्र विकास बोर्डको तथ्यांकमा बिहेपासले पनि शुक्रबार र शनिबार न्यून कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?