+
+

‘बोल उकुसमुकुस बोल’ गीतमा मानसिक स्वास्थ्यबारे सन्देश

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १२:४९

काठमाडौं । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक कारण धेरै युवाहरु विदेशिरहेका छन् । देशमै रहेका धेरै युवामा पनि मनभित्र उकुसमुकुस देखिन्छ, कति त डिप्रेसनको तहमा पुगिरहेका छन् । समाजको यही यथार्थ समेटेर गायक तथा संगीतकार अनुप ओझाले ‘बोल उकुसमुकुस बोल’ गीत ल्याएका छन् । अनुपमै शब्द रहेको गीतमा उनलाई प्रदीप लामाले गायनमा साथ दिएका छन् । गीतलाई सलिन मगरले एरेन्ज गरेका हुन् ।

गीतले कथा, नृत्य र संगीतको माध्यमबाट युवाहरुमा बढ्दै गएको छटपटी र उकुसमुकुस निकाल्ने प्रयास गरेको अनुपले बताए । लकडाउनका बेला मानिसहरुमा रहेको निराशाको मनोभावलाई गीतमा उतार्ने प्रयास गरिएको र यसमार्फत केही मात्रामा सचेतना फैलाउने प्रयास गरेको उनले बताए ।

विश्वोमा नै मानसिक रोगी र आत्महत्या दर डरलाग्दो बन्दै गएको छ । तर नेपालजस्ता विकासोन्मुख देशमा मानसिक स्वास्थ्यबारेमा खुलेर छलफल नै नगर्ने परिपाटीले विकराल रुप लिनसक्ने कुरा गीतको भिडियोमा चित्रण गरिएको छ ।

मनमनै बाँधिराखेको उकुसमुकुस खोलौं, आपसमा कुरा गरौं, जीवन उत्सव हो, आत्महत्या समस्याको समाधान होइन भन्नु नै यो गीतको उद्देश्य रहेको अनुपले बताए ।

प्रदीप लामाले निर्देशन गरेको यो गीतको भिडियोको कोरियोग्राफी लामा र केविका खत्रीले संयुक्त रुपमा गरेका हुन् । टोखा, बालुवाखानी र ललितपुरको एक स्टुडियोमा छायांकन गरिएको भिडियोमा ५० जनाभन्दा बढीले प्रस्तुति दिएका छन् ।

भिडियोमा विष्णु नेपाल, केविका खत्री, अनुप ओझा र प्रदीप लामाले अभिनय गरेका छन् । भिडियोलाई पवन सुस्लिङले छायांकन र सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?