+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

असारमा विकासको मुहानै फुटेको देख्न पाएँ : रास्वपा सांसद पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १५:५१

३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारी बजेट आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले असारमा बजेट सक्नका लागि हतार हतारमा रकम खर्च गर्ने प्रवृत्ति रहेको भन्दै सरकारको ध्यानाकषण गरे ।

‘म सरकारद्वारा पञ्चांग समितिलाई कम्तीमा वर्षमा ६ वटा महिनाको नाम नै असार राखिदिन आग्रह गर्दछु’ उनी भन्छन्, ‘ हो सभामुख महोदय, ६ वटै महिनाको नाम नै असार राखिदिऔं भनेको हो, असार महिना लागेदेखि मैले मेरो निर्वाचन क्षेत्रसहित देशका सबैतिर विकासको मुहानै फुटेको देख्न पाएँ’ सांसद पराजुलीले ब्यङ्ग्य गरे ।

असारमा चक्रपथको सर्भिस ट्रयाकमा ढलका पाइप बिछ्याउँदै गरेको, रातदिन पानी परिरहेका बेलामा पनि धमाधम कालोपत्रे गरेको देखिएको सांसद पराजुलीले बताए । तर केही दिनमा नै त्यही कालोपत्रे सडकमा ढलका पाइप बिच्छ्याउन, खानेपानीको पाइप जोड्न र विजुलीको तार अन्डरग्राउण्ड गर्न भन्दै भत्काइएको पनि उनले बताए ।

‘असार सक्कित गयो, गाड्दा गाड्दै गरेको ढल, जोड्दा जोड्दै गरेको खानेपानीको पाइप, बनाउँदा बनाउँदै गरेको फुटपाथ त्यत्तिकै रोकियो’ उनी भन्छन्, ‘वर्षाको सिजनमा पानी पन थालेपछि गरेको कालोपत्रे बगायो, वाल भत्कियो, पानीले बाटो फेरि खाल्डै खाल्डो बनायो ।’

असार बाहेकका ११ महिना सबै नेताहरुका लागि त्यही खाल्डो परेको बाटो भाषण ठोक्न र सोझा जनतालाई झुक्याउन समय खर्चिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?