+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३१ गते १७:३१
फाइल तस्वीर ।

३१ असार, काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल  गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।

देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएको एक पदाधिकारीले जानकारी दिए ।

देउवाले भोलि पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी पनि गरेका एक नेताले बताए ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।  भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?