+
+

काठमाडौंमा एक घण्टा मोटरसाइकल पार्किङको २५ रुपैयाँ, कारको ७५

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १९:३३

१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभरि लागू हुने गरी पार्किङ शुल्क निर्धारण गरेको छ ।

उपमेयर सुनिता डंगोलका अनुसार दुई पाङ्ग्रेको प्रतिघण्टा २५ र चार पाङग्रेको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको छ ।

सोमबार अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले महानगरभित्र पार्किङ सेवा दिनेहरुले फरक फरक शुल्क निर्धारण गरेको गुनासो आएकाले एकरुपता कायम गर्न खोजिएको बताइन् ।

‘आम नागरिकको गुनासो पार्किङ शुल्क कतै कति, कतै कति । कतै २० रुपैयाँ, कतै २५ रुपैयाँ । कतै ४ सय, कतै ५ सय, फरक, फरक भयो । यो हुँदाखेरि सेवाग्राही पनि अन्यौलमा । र, सँगसँगै सेवा दिनु हुनेहरुलाई पनि कसरी रेट तोक्ने भन्ने खालको अन्यौल । त्यसकारण महानगरपालिकाले शुल्क पनि तोकेको छ’ उनले भनिन् ।

त्यस्तै दुई पांग्रे सवारी साधन आधा घण्टा पार्किङ गरेमा १५ रुपैयाँ, एक घण्टा भन्दा बढी प्रति १५ मिनेटको ५ रुपैयाँ लाग्ने पनि उनले बताइन् । कार पार्किङमा आधा घण्टाको ४० रुपैयाँ र एक घण्टा भन्दा बढी पार्किङ गरेमा प्रति १५ मिनेटको १५ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?