+
+

‘वार २’ को नायिकामा कियारा आडवाणी, हुनेछ ऋतिक र एनटीआरसँग सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १२:१३

काठमाडौं । पछिल्ला अन्तर्वार्तामा भारतीय अभिनेत्री कियारा आडवाणीले आफ्नो सम्भावित ‘कास्टिङ’लाई लिएर बोलेकी छन् । यशराज फिल्म्सको यो आगामी फिल्ममा हृतिक रोशन र जुनियर एनटीआरसँग कियारा शीर्ष भूमिकामा देखिन लागेको चर्चा बलिउडमा गर्माएको छ ।

यो प्रोजेक्टमा बारेमा खुलेर कुरा नगरे पनि उनले एक्सन फिल्म गर्न र प्रतिभाशाली कलाकारसँग काम गर्न उत्साहित रहेको बताएकी छन् । उनले आगामी फिल्म ‘गेम चेन्जर्स’बारे अपडेट पनि दिएकी छन् । उनले यो फिल्मको छायांकन पूरा गर्ने र आउँदो वर्ष रिलिज हुने अपडेट पनि दिइन् ।

ऋतिक र एनटीआरलाई लिएर यशराज फिल्म्सले ‘वार २’ का लागि कियारालाई कास्ट गरेको खबरलगत्तै फ्यान रोमाञ्चित बनेका थिए । तर यसबारे कुनै प्रतिक्रिया नदिएर कियारा मौन थिइन् । बलिउड म्यागजिन कम्पानियनसँगको एक अन्तर्वार्तामा उनलाई ‘वार २’ मा उनको आवद्धताबारे सोधिएको थियो ।

उनले मुस्कान छर्दै प्रोडक्सन हाउसबाट आधिकारिक घोषणा नभएसम्म आफूले थप कुरा गर्न नसक्ने बताइन् । उनले एक्सन फिल्ममा काम गर्ने र उल्लेखित कलाकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे पनि हालका लागि विवरण गोप्य राख्न रुचाइन् ।

एक था टाइगर, टाइगर जिन्दा है, वार र पठानजस्ता ब्लकबस्टर फिल्मलाई समेट्दै यशराज फिल्म्स बनाउन लागेको फ्रेन्चाइजीलाई लिएर दर्शकमाझ अपेक्षा आकाशिएको छ ।

स्पाइ युनिभर्स भारतमा सबैभन्दा ठूला र उत्कृष्ट सुपरस्टारलाई कास्ट गरेर प्रस्तुत गर्ने मामिलामा परिचित छ । यो फिल्मलाई लिएर उत्साह बढ्दै जाँदा फ्यानहरु यो फिल्मको अपडेटलाई लिएर जान्न उत्सुक सुनिएका छन् । ‘वार २’ बाहेक कियाराले उनको आगामी प्रोजेक्ट ‘गेम चेन्जर्स’को अपडेट पनि दिइन् । यो फिल्ममा उनले रामचरणसँगै अभिनय गर्दैछिन् । फिल्मको छायांकन यसै वर्ष टुंग्याउने लक्ष्य रहेको र सबै योजना अनुसार भए अर्को वर्ष रिलिज हुने अपेक्षा गरेको कियाराले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?