+
+

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको कृत्रिम अभाव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १३:३५

२ साउन, धनगढी । कैलालीमा पेट्रोलियम पदार्थ व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएर इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

व्यवसायीले नेपाल आयल निगमको धनगढी डिपोबाट शुक्रबारपछि इन्धन उठाएका छैनन् । शुक्रबार उठाएको इन्धन पनि उनीहरुले बिक्री गरेका छैनन् । पेट्रोल पप्पहरुले शनिबार साँझदेखि नै इन्धन नभएको भन्दै उपभोक्तालाई फर्काएका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष मनिराम पाण्डेले डिलरहरुले आयल निगमबाट पेट्रोलियम पदार्थ नउठाउँदा समस्या भएको बताए ।

‘भारतमा १५ र १ तारेखमा मूल्य घट्न सक्ने भन्दै डिलरहरुले पेट्रोलियम पदार्थ उठाउन नमान्दा अहिले बजारमा आपूर्ति हुन नसकेको हो’, पाण्डेले भने, ‘यो विषयमा हामी छलफल गरिरहेका छौँ । प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्न जादैछौँ ।’

नेपाल आयल निगम धनगढीका प्रादेशिक प्रमुख मोहनकुमार शाहले शुक्रबारसम्म प्रदेशका सबै जिल्लाका डिलरलाई पेट्रोलियम पदार्थ वितरण गरिएको बताए । आइतबार भने निगमको प्रणालीमा समस्या आएकाले वितरण हुन नसकेको बताए ।

मंगलबार भने दुई लाख ४० हजार लिटर पेट्रोल र दुई लाख ८४ हजार लिटर डिजल बजारमा पठाउने तयारी भइरहेको शाहले बताए ।

भारतमा इन्धनको मूल्य घट्ने व्यवसायीहरुको प्रक्षेपणका कारण पनि कतिपयले व्यवसायीले पेट्रोलिय पदार्थको माग नगरेको हुनसक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?