+
+

अब म युरोपियन फुटबलमा फर्किने सम्भावना छैन : रोनाल्डो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १४:४३

२ साउन, काठमाडौं । फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू युरोपियन फुटबलमा फर्कने सम्भावना नरहेको बताएका छन् । इएसपीएनसँग कुरा गर्दै उनले आफू साउदी प्रो लिगलाई विश्वको उत्कृष्ट प्रतिस्पर्धा बनाउन प्रतिबद्ध रहेको बताए ।

‘म ३८ वर्षको भइसकेँ । मलाई पूर्ण विश्वास छ कि म अब कुनैपनि युरोपियन क्लबमा आवद्ध हुन्न’, उनले भने । रोनाल्डोले युरोपेली लिगहरुले राम्रा खेलाडी गुमाउँदै गएको पनि बताएका छन् ।

‘युरोपियन फुटबलले धेरै राम्रा खेलाडी गुमाएको छ । हालसम्म पनि राम्रो प्रदर्शन गरिरहेको र आकर्षक रहेको भनेको प्रिमियर लिग मात्रै हो । यो अन्य लिगभन्दा धेरै राम्रो छ’, रोनाल्डोले भने ।

उनले अर्जेन्टिनी फुटबलर लियोनेल मेसीको इन्टर मियामीमा आवद्धताबारे पनि टिप्पणी गरेका छन् । साउदी अरेबियाको टुरिजम एम्बेसडर बन्न तयार भएपनि मेसीले व्यवसायिक फुटबलका लागि भने अमेरिका रोजे । अल हिलालको प्रस्तावलाई छाडेर ३६ वर्षे अर्जेन्टिनी कप्तान इन्टर मियामीमा आवद्ध भएका थिए । रोनाल्डोले इन्टर मियामी भन्दा साउदी क्लब उत्कृष्ट भएको पनि दाबी गरेका छन् ।

‘साउदी लिग एमएलएस भन्दा साउदी लिग उत्कृष्ट छ । मैले साउदीका लागि बाटो खोलेँ, अहिले धेरै खेलाडी आइरहेका छन् । एक वर्षपछि अझै आउनेछन्’ रोनाल्डोले भने ।

साउदी क्लबहरुले अहिले विश्वस्तरीय खेलाडीहरुलाई आकर्षित गरिरहेका छन् । रोनाल्डो जनवरीमा अल नासर आबद्ध भएका थिए । बालोन डि ओर विजेता करिम बेन्जेमा पनि गत जुन महिनामा अल इत्तिहादमा आबद्ध भएका छन् । रुवेन नेभिस बार्सिलोना छाडेर अल हिलालमा आबद्ध भएका छन् । एनगोलो कान्टे पनि बेन्जेमासँगै अल इत्तिहादमा जोडिएका छन् ।

युरोपका लिगमा उत्कृष्ट प्रदर्शन गरेका र उमेर ढल्किदै गएका खेलाडीलाई साउदी क्लबहरुले प्राथमिकतामा राखेका छन् । रोनाल्डोको आगमनसँगै साउदीको लिगमा अन्य खेलाडीको पनि चासो भने बढेको छ । प्रि सिजनमा अल नासर सेल्टा भिगोको बी टोलीसँग ५–० ले पराजित भएको छ । त्यसले साउदीको स्तरमा पनि प्रश्न खडा गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?