+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १६:२५

३ साउन, धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेसी मलेखु सडक पहिरोले अवरुद्ध बनेको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो साढे १२ बजेबाट सडक दुबैतर्फी अवरुद्ध बनेको हो ।

अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेको छ । घुम्ती काटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर खसेको स्थानीयबासिन्दाले बताएका छन् ।

पहिरोले ठुल्ठुला ढुंगा र रुखहरु खसेकोले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?