+
+

ओनाना म्यानचेष्टर युनाइटेडमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ८:०७

काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले गोलकिपर आन्द्रे ओनानालाई अनुबन्ध गरेको छ । युनाइटेडले २७ वर्षीय गोलकिपर ओनानालाई इटालियन क्लब इन्टर मिलानबाट ५५ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

ओनानाले युनाइटेडसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् र थप एक वर्षको विकल्पसमेत रहेको छ ।

डच क्लब अयाक्समा हुँदा युनाइटेडका हालका प्रशिक्षक एरिक टेन हागसँग काम गरिसकेका ओनाना युनाइटेडमा फेरि सँगै भएका छन् ।

ओनाना अब युनाइटेडको प्रि सिजन टुर अन्तर्गत अमेरिका भ्रमणमा जानेछन् ।

युनाइटेडमा अनुबन्ध हुँदा खुशी लागेको ओनानाले बताएका छन् । ‘म्यानचेष्टर युनाइटेडमा आबद्ध हुनु अनौठो सम्मान हो,’ ओनानाले भने, ‘मैले यस क्षणसम्म आइपुग्नका लागि धेरै मिहिनेत गरेको छु, धेरै चुनौतीहरु पार गरेको छु।’

ओनानाले अब १२ वर्षपछि क्लब छाडेका पहिलो रोजाइका गोलकिपर डेभिड डे हेअको स्थान लिनेछन् ।

म्यानेजर एरिक टेन हागले यसअघि ओनानासँग डच क्लब अयाक्समा काम गरेकाले पनि उनले ओनानामा विश्वास देखाएका हुन् ।

ओनानाले २०२२ मा फ्रि ट्रान्सरमा इन्टर जानुअघि अयाक्समा साढे सात सिजन बिताएका थिए । उनले गत सिजन इन्टरका लागि २४ सिरी ए खेल खेल्दा ८ क्लिनसिट राखेका थिए ।

ओनानाले गत वर्ष भएको विश्वकप फुटबलमा क्यामरुनका प्रशिक्षक रिगबोर्ट सोङसँग कुरा नमिलेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?