+
+

शिल्पी थिएटरमा सुरु भयो नाटक ‘ट्रान्जिट’को मञ्चन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते ११:५९

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’को प्रिमियर गरिएको छ । बिहीबार बेलुका आयोजित नाटकको पहिलो मञ्चनमा सेलिब्रिटी, साहित्यकार, सञ्चारकर्मी र पाहुनाले प्रस्तुति हेरे ।

घिमिरे युवराजको निर्देशन, कुमार नगरकोटीको लेखन र अभिनेत्री शिल्पा मास्केको रंगमञ्च डेब्युले यो नाटक घोषणाको समयदेखि नै चर्चामा छ । साउन ५ देखि भदौ २ गतेसम्म शिल्पीमा यो नाटकको नियमित मञ्चन गरिने भएको छ ।

नाटक ‘ट्रान्जिट’ एक ट्रान्जिटको कथा हो, जहाँ भेटिएका पात्रसँगै नाटकले दर्शकलाई कल्पनाको संसारमा लिएर जान्छ । काल पर्यटक मायावी भ्रमण गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुग्छिन् । स्टुडियो रहस्यमय स्थितिमा छ । उनको भ्रमणले मानव पात्रको विगतमाथि धेरै प्रश्न गर्छ ।

के मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् त ? यो ट्रान्जिटमा उनले कति समय बिताउनेछिन् ? के उनी भूतकाललाई लिएर खुसी छिन् ? उनलाई यो भूत र भविष्यको ट्रान्जिटबाट कसले स्वतन्त्र गर्नेछ ? यो प्रश्न र सोचको वरपर नाटक बगेको छ ।

नाटकमा अभिनेता दिव्यदेवले शीर्ष पात्र मानवको भूमिकामा अभिनय गरेका छन् । मायावीको भूमिकामा तीन अभिनेत्रीले काम गरेका छन्, जसमा शिल्पा मास्के, आकांक्षा कार्की र वासना तिमल्सिना छन् । जेलरको रुपमा मिल्सन राईले अभिनय गरेका छन् । प्रिमियरमा यो नाटकले क्रिटिक्सबाट सकारात्मक समीक्षा प्राप्त गरेको छ ।

तस्वीर : प्रसुन संग्रौला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?