+
+

के हो आइम्याक्स ? सामान्य फिल्मभन्दा के फरक हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १६:४४

काठमाडौं । क्रिस्टोफर नोलनको फिल्म ‘ओपेनहाइमर’को विश्वभर निकै चर्चा भइरहेको छ । यो फिल्म शुक्रबारदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आएको छ । हलहरु हाउसफुल चलिरहेका छन् । हलिउड फिल्म ‘ओपेनहाइमर’सँगै आइम्याक्सको पनि निकै चर्चा भइरहेको छ ।

फिल्मलाई आइम्याक्स क्यामेराबाट खिचिएको निर्माण पक्षले जनाएको छ । यसैबीच दर्शकको मनमा आइम्याक्स सुट के हो भन्ने प्रश्न उठ्न थालेको छ । आइम्याक्सको ढाँचामा रिलिज हुने फिल्म नियमितभन्दा कसरी भिन्न छन् ?

सबैभन्दा पहिले ’ओपेनहाइमर’बारे जान्नुपर्छ । यो फिल्म अमेरिकी भौतिकशास्त्री जे. रोबर्ट ओपेनहाइमरको बायोपिक हो । पहिलो परमाणु बम बनाउने अरु कोही नभएर अमेरिकी भौतिकशास्त्री ओपेनहाइमर थिए, जसमाथि निर्देशक निर्देशक क्रिस्टोफर नोलनले यो फिल्म बनाएका हुन् ।

अब प्रसंगमा फर्कौं, आखिर आइम्याक्स टेक्नोलोजी के हो ? आइम्याक्स क्यामेराले खिचिएका फिल्म के हुन् र तपाईंले आइम्याक्स संरचनाका हलमा रमाइलो गर्ने फिल्म के हुन् ? यी प्रश्नको जवाफ दिनुअघि, ‘नोप’ फिल्ममा आऊँ जुन २०२२ मा रिलिज भएको थियो, यो फिल्म आइम्याक्सको क्यामेराबाट छायांकन भएको फिल्मको राम्रो उदाहरण हो ।

यो अमेरिकी फिल्मलाई जोर्डन पेलेले निर्देशन गरेका थिए । डच–स्वीडिस सिनेम्याटोग्राफर होयटे भ्यान होयटेमाले फिल्मलाई आईएमएक्स ढाँचामा खिचेका थिए । ’ओपेनहाइमर’ पनि होइटे भ्यान होयटेमाले नै खिचेका हुन् ।

जसरी फिल्म ‘नोप’लाई आइम्याक्स क्यामेराले खिचिएको थियो, त्यसैगरी फिल्म ‘टप गन’ आइम्याक्सका लागि छायांकन गरिएको थियो । अर्थात्, आइम्याक्स थिएटरमा गएर तपाईंले यसको अनुभवलाई अझ वृद्धि गर्न सक्नुहुन्छ ।’

भारतमा यशराज फिल्म्सको ब्यानरमा बनेको ‘धूम ३’ आइम्याक्समा रिलिज हुने पहिलो हिन्दी फिल्म हो । यो फिल्म आइम्याक्सको ढाँचामा बनाइएको थियो । जब दर्शकले आइम्याक्समा फिल्म हेर्छन्, अनुभव फराकिलो हुन्छ । फिल्मको क्वालिटी एचडी हुनुका साथै दर्शकले यसका हरेक दृश्यलाई महसुस गर्न सक्नेछन् । उदाहरणका लागि पानीको दृश्यमा यस्तो देखिन्छ कि तपाईं पनि त्यहाँ डुब्दै हुनुहुन्छ । कहिलेकाहीं दृश्यअनुसार तपाईंको कुर्सी पनि हल्लिन थाल्छ ।

आइम्याक्स दृश्यको उन्नत प्रविधि हो । यसमार्फत ७० एमएमसम्मको उच्च–रिजोल्युसन फिल्म देख्न सकिन्छ । आइम्याक्सको आविष्कार गर्ने क्यानाडाली कम्पनी आइम्याक्स कर्पोरेसन हो । यो कम्पनी सन् १९६७ मा स्थापना भएको हो । यो प्रविधिको शाब्दिक अर्थ ‘इमेज म्याक्सिमम’ भन्ने हुन्छ ।

आइम्याक्स थिएटरमा तपाईंले फराकिलो स्क्रिन र उत्कृष्ट अडियो गुणस्तरको साथ पूर्ण नयाँ अनुभव प्राप्त गर्नुहुन्छ । हाईटेक स्पिकरहरूको साथ तपाईंलाई लाग्छ कि तपाईं पनि त्यो फिल्मको एक हिस्सा हुनुहुन्छ र त्यो काल्पनिक संसारमा पुग्नुहुन्छ । सामान्य थिएटरमा भन्दा आइम्याक्सको चित्र र अडियो गुणस्तरीय हुन्छ । आइम्याक्सको स्क्रिन पनि सामान्यभन्दा ठूला हुन्छन् ।

यदि निर्माता आइम्याक्स थिएटरमा फिल्म रिलिज गर्न चाहन्छन् भने पहिले सर्टिफिकेट लिनुपर्छ । भारतमा ‘आरआरआर’, ‘पठान’, ‘मिसन इम्पोसिबल ७’ लगायत फिल्म आइम्याक्समा रिलिज भइसकेका छन् । प्रतिवेदनअनुसार भारतमा २ हजार ३२३ आइम्याक्स थिएटर सञ्चालनमा छन् । तर आइम्याक्समा रिलिज गर्नु र आइम्याक्स क्यामेराबाट छायांकन गर्नु दुई फरक कुरा हुन् । यस्तो फिल्म खिच्न ६५ एमएम क्यामेरा प्रयोग गरिन्छ ।

आइम्याक्स क्यामेराका केही उदाहरण हुन्, एरी एलेक्सा एलएफ, एरी एलेक्सा मिनी एलएफ, पानाभिजन मिलेनियम डीएक्स २, रेड रेन्जर मोस्ट्रो ।

भारतमा एसएस राजामौलीको फिल्म ‘आरआरआर’लाई आइम्याक्समा खिचिएको थियो । रिपोर्टअनुसार आरआरआरलाई एरी एलेक्सा एलएफ क्यामेराबाट सुट गरिएको थियो जुन आइम्याक्सबाट प्रमाणित छ । आइम्याक्सले ७० एमएम फिल्म प्रयोग गर्छ, जबकि ३५ एमएम फिल्म सामान्य सुटका लागि पर्याप्त हुन्छ । स्क्रिन साइजको बारेमा कुरा गर्दा आइम्याक्सको साइज २२ एमएम × १६ एमए हुन्छ । सामान्य थिएटरहरूमा १६ एम×६.१ एम अर्थात् दुवैको साइजमा ३.५ गुणा भिन्नता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?