+
+

जनकपुरधामको सुरक्षा अस्पतालमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १९:०१

५ साउन, जनकपुरधाम ।  उपचारको क्रममा महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्दचोकस्थित सुरक्षा अस्पताल तनावग्रस्त बनेको छ ।

जनकपुरधाम उपमहानगरपालिका १५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको हो । बुधबार पाठेघरको शल्यक्रियाका लागि भर्ना भएकी उनको आज शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उनको मृत्युभएपछि आक्रोशित आफन्तजन र स्थानीयबासिन्दले अस्पतालमा प्रदर्शन गरेका छन् । आफन्तजनले सडक समेत अवरुद्ध गरेका छन् ।

अहिले सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?