+
+

जापानमा नासिरले बनाए अर्को कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १६:१३

८ साउन, काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा अर्को राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सोमबार भएको २०० मिटर फ्रिस्टाइलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ आफ्नो नाममा थप नयाँ राष्ट्रिय कीर्तिमान बनाएका नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।

यसअघि नासिरको नाममा १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान ११ औं एनएसए कप च्याम्पियनसिपमा राखेका थिए ।

नासिरले यसअघि ४०० मिटर फ्रिस्टाइलमा पनि ४ मिनेट ८.२३ सेकेन्ड समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

सोमबार भएको महिलातर्फको खेलमा दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंहले उपलब्धी हासिल गर्न सकिनन् । उनले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दुरी पूरा गरिन् ।

मंगलबार ९ गते डुवाना लामाले २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश वैद्यले जानकारी दिए । बिश्व पौडी महासंघले आफ्नो नाम फिनालाई परिवर्तन गर्दै वर्ल्ड एक्वाटिक्स नामकरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?