+
+

महिला विश्वकप फुटबलमा डेब्युटान्ड मोरक्कोको पोष्टमा जर्मनीको ६ गोल

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १७:०६

८ साउन, काठमाडौं । महिला विश्वकप फुटबलमा जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको मोरक्कोलाई ६-० ले पराजित गरेको छ ।

मेलवर्न स्टेडियममा सोमबार भएको खेलमा कप्तान अलेजान्ड्रा पोपले दुई गोल गर्दा मोरक्कोले दुई आत्मघाती गोल गरेको थियो ।

पोपले खेलको ११औं र ३९औं मिनेटमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएकी थिइन् ।

दोस्रो हाफमा जर्मनीले चार गोल थप्यो ।

दोस्रो हाफको सुरुमै क्लारा बुएहलले गोल गर्दै जर्मनीको अग्रता ३-० बनाइन् ।

मोरक्कोकी हानाने अकइत एल हाजले ५४औं र जिनेब रेडोउनीले ७९औं मिनेटमा आत्मघाती गोल गर्दा जर्मनीले ५-० को अर्गता बनायो ।

जर्मनी यतिमै रोकिएन । अन्तिम मिनेटमा लिअ सुलेरले गोल गरेपछि जर्मनीले मोरक्कोलाई आधा दर्जनले गोलले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

जितपछि जर्मनीले समूह एचमा ३ अंक जोडेको छ ।

इटालीसँग अर्जेन्टिना पराजित

सोमबारै समूह जी अन्तर्गत न्युजिल्याण्डको वेलिङ्गटनमा भएको खेलमा इटलीले अर्जेन्टिनालाई १-० ले हरायो ।

इटलीका लागि एक मात्र गोल वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी क्रिस्टिएना जिरेलीले ८७औं मिनेटमा गरिन् ।

उनी ८३औं मिनेटमा जिउलिया ड्रागोनीको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । ड्रागोनी १६ वर्षमै विश्वकप खेल्दै महिला विश्वकप खेल्ने कान्छी खेलाडीमध्ये एक बनिन् । उनले १६ वर्ष २४० दिन हुँदा विश्वकपमा डेब्यु गरेकी हुन् ।

लिटिल मेसी उपनाम भएकी ड्रागोनीले आफ्नो उमेरसँग म्याच गर्न १६ नम्बर जर्सी लगाएर खेलेकी थिइन् । उनले बार्सिलोनाको महिला टिमबाट क्लब फुटबल खेल्छिन् ।

महिला विश्वकप खेल्ने सबैभन्दा कान्छी खेलाडी नाइजेरियाकी इपेएनी चिएजिने हुन् । उनले सन् १९९९ मा १६ वर्ष ३४ दिनको हुँदा उत्तर कोरिया विरुद्ध खेल्दै कीर्तिमान बनाएकी थिइन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?